एक सात भित्र संविधानको मस्यौदा तयार पार्ने समितिको दाबी

Sambidhan

काठमाडौं, २० पुस, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुबीच सहमति नभए आफै मस्यौदा बनाउने प्रस्ताव राखेपछि आइतबार बसेको समितिको बैठकले सभाध्यक्षको उक्त भनाई आपत्तिजनक भएको समेत ठहर गरेको छ । नेम्वाङले बिहिबार समितिलाई निलम्बन गर्दै आफै मस्यौदा ल्याउने प्रस्ताव गरेका थिए । कृष्ण सिटौला सभापति रहेको मस्यौदा समितिले दलहरुबीच अन्तरवस्तुमा दलहरुबीच सहमति नभएर संविधानसभाबाट सामग्री नआएका कारण मस्यौदाको काम ढिला भएको निश्कर्ष निकाले छ । विधानसभाको मस्यौदा समितिले संविधानसभाले समाग्री पठाएको सात दिनभित्र संविधानको मस्यौदा तयार गर्न सकिने निश्कर्ष निकालेको छ ।

संविधानसभाको कार्यतालिकाअनुसार भदौं मसान्त पहिलो मस्यौदाभित्र दिनुपर्ने, असोज मसान्तभित्र मस्यौदालाई राजपत्रमा प्रकाशित दिनुपर्ने, कात्तिक र मंसिरमा रायसुझावका लागि जनतामा जानुपर्ने र पुसमा अन्तिम मस्यौदा पेस गर्नुपर्ने समयसिमा थियो । तर दलहरुबीच राज्य पुनर्सरचना, शासकिय स्वरुप, न्याय प्रणाली लगायतको विषयमा विवाद बढ्दै जादा कार्यतालिकाअनुसार काम हुन सकेको छैन । संविधान जारी गर्न तोकिएको मिति माघ ८ निजिकिदै गर्दा दलहरुबीच विवाद बढेपछि सभामुख नेम्वाङले चार दिनभित्र सममति गर्न अथवा मस्यौदा तयार पार्ने जिम्मा सर्वाधिकारसहित आफूलाई दिन आग्रह गरेका थिए ।

Spread the love