टुटे–फुटेका काठबाट ५ करोड लागतमा रिसोर्ट

resort-445x300

चितवन,  – सामान्यतया घरायसी प्रयोजनमा टुटे–फुटेका काठतर्फ कमैको ध्यान जान्छ । सर्लक्क र सफा काठ तिरै प्राय सबैको नजर छ । तर पश्चिम चितवनको मेघौली–५ मासञ्चालनमा आएको साराङ वाईल्डलाईफ स्याङचुरी पुग्नेलाई थाहा हुन्छ टुटे–फुटेका काठको महत्व कति हुन्छ भन्ने । जहाँ खेर गएका काठ जम्मा गरेर कलात्मक रिसोर्ट निर्माण गरिएको छ ।
दाउराका लागि प्रयोग गर्न लागिएको काम उठाएर यसलाई कलात्मक ढंगबाट फर्निचरमा परिणत गरिएको देख्दा जो कोहि दंग पर्छन् । वरिपरि जंगलले घेरिएको होटल भित्र प्रायः फर्निचरलाई त्यस्तै किसिमले प्राकृतिक बनाउने प्रयास गरिएको छ । झण्डै ५ करोड लगानीमा तरुण दलका केन्द्रिय सदस्य सुबोध प्रधानले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । साराङ वाईल्डलाईफ स्याङचुरी नाम राखिएको रिसोर्ट अंग्रेजी नयाँ बर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको हो । रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।
सदरमुकामबाट २५ किलोमिटर पश्चिममा पर्ने उक्त रिसोर्टमा २४ कोठा छन् । रिसोर्ट खरले छाईएको छ । त्यस्तै अधिकांश संरचना पुराना शैलीका छन् । खेर गएका काठलाई जम्मा गरेर बस्नेदेखि सुत्ने खाट, धारो बनाईएको छ । त्यस्तै मादल, थारुको माछा मार्ने ढडिया र लालटिनमा बत्ती राखेर बाल्ने गरिएको छ ।
जंगलको विचमा रिसोर्ट छ । छेउमा राप्तीनदी छ । विहान र सांझपख चराचुरुङकीको आवाजले सबैलाई मोहित पार्छ । रिसोर्टमा आउने पर्यटकले जिप सफारी, हात्ती सफारी, थारु गाउं, गैंडा हेर्न र थारु संस्कृतिमा रमाउन पाउंछन् । त्यस्तै ३ वटा काठको डुंगा राखिएकाले राप्ती नदीमा पर्यटकले जलयात्राको मज्जा लिन पाउने छन् । ‘आन्तरिक र बाह्य पर्यटक दुबैलाई लक्षित गरी रिसोर्ट सञ्चालनमाल्याएको हो,’ प्रधानले भने,‘अब विदेशी पर्यटकका लागि बसको ब्यवस्थागर्ने तयारी गर्दै छु ।’ उनले पर्यटक आफैं रिसोर्ट सम्म आउने गरेको बताए । त्यस्तै रिसोर्ट परिसरमा स्विमिङ पुल निर्माणको तयारी थालिएको छ । निर्माण संगै स्पापनि सञ्चालनमा आउने छ ।
मेघौलीका पर्यटन व्यवसायीहरुले विमानस्थल सञ्चालनमा ल्याउनकालागि केन्द्रिय स्तरमा दवावपनिदिंदै आएका छन् । प्रधानले भने, ‘हामी यो विमानस्थल सञ्चालनमाआओस भन्ने चाहन्छौं । त्यसैले सरकारलाई आग्र गरिरहेका छौं । यो भयो भने यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्छ ।’ मेघौली क्षेत्रमा पछिल्लो समयमा करोडौं खर्चिएर सुबिधा सम्पन्न होटलहरु खुल्नेक्रम बढेको छ । तर बैशाखयता भूकम्पको असरका कारण पर्यटकहरु भने खासै पुगेका छैनन् ।

Spread the love