राजबिराजमा शैक्षिक सामाग्री वितरण

द पावार न्युज संवाद दाता, राजबिराज : हङकङमा क्रियाशिल नेपाली युवा समाजसेवीको अगुवाइमा स्थापना भएको राइनो क्लबको सहयोगमा राजबिराज, सप्तरीमा बाढी पीडित, गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। एक्सन डेभलपमेन्ट सेन्टर काठमाडौं तथा राजबिराज सम्पर्क कार्यालयको समन्वयमा राजबिराज स्थित आदर्श वाटिका विद्या मन्दिरमा आयोजित एक औपचारिक कार्यक्रम बिच शैक्षिक सामाग्री प्रदान गरिएको हो। सोही अवसरमा केही उत्कृष्ट तथा मिहिनेती विद्यार्थीहरुलाई कला प्रस्तुत गर्न लगाई प्रोत्साहन स्वरूप पुरस्कर समेत प्रदान गरिएको थियोे। विद्यार्थीहरुमा सामाजिक सेवा भावना जगाउन र उनीहरुलाई आत्मबल बढाएर अध्ययन कार्यमा प्रोत्साहन दिन सकियोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको एक्सन डेभलपमेन्ट सेन्टरका अध्यक्ष शिरोमणि दवाडीले बताउनुभयो। परदेश र स्वदेश बिचका नेपाली र नेपाल भित्रैका नेपाली नेपाली बिच मित्रता र सद्भाव बढाउन पनि यस्ता कार्यक्रमले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने दवाडीले बताउनुभयो । हास्य कलाकार सुरेश थापाले समय समयमा आउने प्राकृतिक प्रकोपले विद्यार्थीलाई अध्ययनमा असर पारिरहेकोले मनोबल बढाउन आवश्यक भएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक तथा प्राध्यापक रामचन्द्र यादवले समाजसेवा नै सच्चा धर्म र कर्म भएकोेले नयाँ पिढिलाई यो भावनाको विकास गर्न आवश्यक रहेको बताउनुभयो । हङकङका युवाले राजबिराजका विद्यार्थीलाई सम्झना गरि सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो । कार्यक्रम युवा संचारकर्मी आशुतोष आनन्द सिंहले संचालन गर्नु भएको थियो। एक्सन डेभलपमेन्ट सेन्टर राजबिराजका समन्वयकर्ता सिंहको अगुवाइमा यश अघि भुकम्पका समयमा पनि विद्यालय लक्षित जनचेतनामूलक कार्यक्रम संचालन गरिएको थियोे ।National election of nepal Nga_chhap-lagaune

action devlopment of thepowernews 1action devlopment of thepowernews 2action devlopment of thepowernews 3
action devlopment of thepowernews 5action devlopment of thepowernews 6action devlopment of thepowernews 7action devlopment of thepowernews 8action devlopment of thepowernews

https://www.youtube.com/watch?v=YTIuE9dtXqQ&feature=youtu.be

Spread the love