पार्टी एकीकरण प्रक्रिया अवरुद्ध प्रचण्ड सुकुटे सुटुक्क

काठमाडौं, २ वैशाख :  ओली कर्णाली प्रदेशबाट फर्किए लगत्तै आइतवार साँझ बालुवाटारमै दुई नेताबीच पार्टी एकीकरण टुंगो लगाउन वार्ता हुने भनिएको थियो । पार्टी एकीकरण प्रक्रिया अवरुद्ध प्रचण्ड सुकुटे सुटुक्क गराइएको स्रोतले जनाएको छ ।   एमालेसँग औपचारिक पार्टी एकीकरण प्रक्रिया संवादहीन अवस्थामा रहेका बेला माओवादी अध्यक्ष प्रचण्ड आराम गर्न लागि सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रद्द गरेर प्रचण्ड सुकुटेतर्फ लागेका हुन् । उनी सुकुटे बीच रिसोर्टमा बसेका छन् ।  तनावबाट मुक्त हुन प्रचण्ड यसअघि पनि पटक पटक सुकुटे पुग्ने गरेका छन् ।  तर प्रचण्डको सचिवालयबाट आउन नसकिने जानकारी ओलीको सचिवालयलाई गराइएको स्रोतले जनाएको छ ।

Spread the love