कास्कीको विजयपुरमा बम विष्फोट

८ फागुन, पोखरा । कस्कीको विजयपुरमा बम विष्फोट भएको छ । विष्फोटमा एक प्रहरी र पत्रकार घाइते भएका छन् ।विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । नागढुंगामा नेपाली सेनाको बम डिस्पोजल टोली पुगे पनि विजयपुरमा केही समय लागेको थियो । त्यही क्रममा वम विष्फोट भएको थियो ।घटनामा स्थानीय पत्रकार  घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ ।

 

 

Spread the love