आतंककारी अहिलेको प्रमुख सुरक्षा चुनौती – प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन्। नेपाली सेनाको अधिकृत क्याडेट तालिम र पदिक-हुद्या क्याडेट तालिमको आयुक्त पद प्रधान कार्यक्रमलाई बिहीबार नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौती साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्व अहिलेका वास्तविक खतरा हुन्’ २१ औँ शताब्दीको चुनौती साइबर सुरक्षा  प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताए। ‘यो प्रत्यक्ष हमलाभन्दा पनि खतरनाक हुन्छ’ ‘राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायबीच समन्य गर्नु जरुरी छ।’ प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमाकाँध मिलाउदै आएकोमा प्रशंशा गरे । नेपाली सैनिकले विश्वका द्वन्द्वग्रस्त मुलुकमा पु¥याएको योगदानलाई नेपाललाई शान्ति सैनिकको देशको रुपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

Spread the love