नेपालमा ग्यास र पेट्रोलको उत्खननका लागि अध्ययन सुरु – दैलेखको चट्टान चीन लगियो

petrol in nepal

३ असार, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र ग्यास उत्खनन् गरिसक्ने बताएसँगै सरकारले पेट्रोल उत्खननलाई प्राथमिकतामा राखेको छ । नेपालमा ग्यास र पेट्रोलको उत्खननका लागि चिनियाँ सरकारको सहयोगमा अध्ययन सुरु भएको छ । चिनियाँ टोलीले दैलेख लगायतका केही स्थानमा पुुगेर नमूना संकलन गरिसकेको छ ।  दैलेखबाट प्रारम्भिक अनुसन्धानको काम भइरहेको छ । दैलेखमा ३ सय वर्ष पुरानो ज्वाला देखिन्छ । अस्ति मैले पनि त्यहाँ ग्यास निभाएर फेरि आगो बालेर हेरेँ । त्यस क्षेत्रमा धेरै ग्यास लिकेज भइरहेको छ । त्यहाँका खोलामा पानीका फोका देखिने गरेको छ, त्यो पनि ग्यास बाहिरिएको हो । पहिलो चरणमा ६ जना विज्ञहरु आएका छन् । उनीहरुले दैलेखमा एक महिनासम्म अध्ययन अनुसन्धान गरी त्यहाँका चट्टानहरु चाइनाको प्रयोगशालामा लगेर अध्ययन गरिरहेका छन् । उनीहरु केही समयमै नेपाल फर्किन्छन् । सबैतिरको चट्टान समेटिएको छ । ड्रील गरेर पनि निकालिएको थियो, बाहिरका पनि थिए । उनीहरुले दैलेखमा ग्यासको अतिरिक्त पेट्रोलको पनि ठूलो सम्भावना देखियो भनेर गएका छन् ।

जहाँ ग्यास देखिएको हो, त्यो निकै उचाइमा भएका कारण यस्तो अनुमान गरिएको हो । अब ड्रिल गरेर ग्यासको स्रोत कति तल छ भन्ने हेरेपछि मात्रै उत्खननको काम शुरु हुन्छ ।

Spread the love