सुचनाको हक को सम्मान गरौ – प्रधानमन्त्री ओली

काठमाडौं : राष्ट्रिय सूचना दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न सरकारका सबै निकायलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आहवान पनि गर्नुभएको छ । सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने उल्लेख गर्नुभएको छ ।

Spread the love