चुनाव लगतै बाहिरी चक्रपथ सडकको शिलान्यास

चुनाव लगतै बाहिरी चक्रपथ सडकको शिलान्यास  गरिने भएको छ । बुधबार मन्त्रालयमै आयोजित पत्रकार सम्मेलमा शहरी विकास मन्त्री गिरीले जानकारी दिएका छन् ।  बाहिरी चक्रपथलाई ५० मिटर फराकिलो बनाउने सरकारको योजना छ । ७१.३ किमीमध्ये चोभार सतुङ्गल खण्डको सडकमा सरकारले शिलान्यास गर्ने तयारी गरेको हो ।  बाहिरी चक्रपथको ७१.३ किलोमिटर मध्ये ६६ किलोमिटर सडकको डीपीआर आर्थिक वर्ष ०६८/६९ मै भएको थियो । आर्थिक वर्ष २०५५/०५६ मा बाहिरी चक्रपथको अवधारणा आएपनि यसलाई आर्थिक वर्ष २०६२/०६३ को बजेट बक्तब्यमा बढाइएको थियो ।

Spread the love