बुधबारदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक

काठमाडौं : यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई, ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङमा लामा, ट्रक तथा टिप्पर व्यवसायी महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय यातायात व्यवसायी महासंघ सहितको सरोकारवालाको बैठकले मंगलबार यस्तो निर्णय गरेको छ । चक्रपथमै सवारी जामको उच्च समस्या भएकाले कलंकी, नारायणगोपाल चोक, गौशाला, चाबहिल, कोटेश्वर, ग्वार्खो, सातदोबाटोलगायत क्षेत्रमा लामो समय जाम हुँदा यात्रुले दुःख खेप्नुपरेको र समय वर्वाद भएकाले दिनचर्यामै प्रभाव परेको प्रवक्ता पाण्डेको भनाइ छ ।  चक्रपथभित्र ट्रक, टिप्पर र मिनिट्रक बिहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन नहुने व्यवस्था पनि कायमै राखिएको छ ।  सवारीजामलाई व्यवस्थापन गर्न सरकारले बुधबारदेखि काठमाडौंको चक्रपथमा ट्रक, टिप्पर र मिनिट्रक चल्न रोक लगाएको छ । सवारी जाम हुने मुख्य समयमा ट्रक, टिप्पर र मिनिट्रक सञ्चालन गर्न नदिने निर्णयसहित बुधबारदेखि सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो ।  सवारी जामको मुख्य कारण बनेको लामो दूरी चल्ने बस कोटेश्वर हुँदै कलंकी घुम्ने गरेको पाइएको भन्दै १ साउनदेखि बसपार्कबाटै छुट्नुपर्ने र सिधै कलंकीबाट बाहिरिनुपर्ने निर्णयसमेत भएको छ । उपत्यकाको सवारी जामलाई व्यवस्थापनमा सुधार गर्न पुरानो बसपार्कबाट छुट्ने बस पनि सिधा आफ्नो रुटबाटै जानुपर्ने व्यवस्था सुरु गर्ने तयारी गरेको विभागको भनाइ छ ।

 

Spread the love