असनमा चारपांग्रे सवारी साधन मुक्त क्षेत्र

२ माघ, काठमाडौं । ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधन मुक्त गराइसकिएको र काठमाडौंको असन क्षेत्रलाई मंगलबारबाट चार पांग्रे सवारी साधन मुक्त गरिएको छ । काठमाडौंको पुरानो बजार असनमा किलमेल गर्नेहरुको अत्यधिक भिडभाड हुने गर्दछ । साँघुरा गल्लीहरुमा चारपांग्रे गाडीसमेत प्रवेश गरिदिँदा पैदलयात्रीले झन् सास्ती खेप्नुपर्दछ ।   अहिले असनका ठाउँठाउँमा ट्राफिक संकेतयुक्त बोर्डहरु राख्ने काम भइरहेको छ । यो सकिनासाथ आजैदेखि चारपांग्रे निषेध कार्यान्वयन हुने छ । काठमाडौं महानगरपालिकाको वडा कार्यालयले ट्राफिक संकेत अंकित साइनबोर्डहरु ट्राफिक प्रहरीलाई उपलब्ध गराएको छ ।  ‘  चारपांग्रे गाडी निषेध  आजैदेखि चारपांग्रे निषेध गरिएको छ ।no entry four wheel in ashan

 

 

Spread the love