न्युयोर्कमा आक्रमणपछि अध्यागनम नीतिमा कडाई

सोमबार न्युयोर्क सहरमा बम आक्रमणको प्रयास भएपछि ट्रम्प प्रशासनले अध्यागमन प्रतिबन्धहरुमा अझ कडाई गर्न आब्हान गरेको छ । आम हत्याको योजनासहित बिष्फोट प्रयास भएपनि सफल हुन सकेन । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वक्तब्य जारी गरी अमेरिकीहरुको रक्षाका लागि संसदले तत्काल कानुनी सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । ट्रम्पले आतंकवादी कृयाकलापमा संलग्न हुनेलाई कानुनले अनुमति दिएसम्मको हदैसम्मको सजाय र उपयुक्त मामलामा मृत्युदण्डसमेत दिनुपर्ने बताएका छन् ।  टाइम्स स्क्वायर र पोर्ट अथोरटी बस टर्मिनल जोड्ने सब वे स्टेशनको टनेलमा आक्रमणको प्रयास भएको थियो । सन् २०११ मा आप्रवासी भिसामा अमेरिका छिरेका बंगालादेशका २७ बर्षीय अकायद उल्लाहले बम बिष्फोट गराउन खोजेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । ती व्यक्ति अमेरिकामा ग्रिनकार्ड होल्डर रहेको जनाइएको छ । ट्रम्पले अध्यागमनमा सुरक्षा सम्बन्धि विषयलाई उन्नत बनाउन समेत आब्हान गरेका छन् । महान्याधिवक्ता जेफ सेसनले घटनापछि वक्तब्य जारी गर्दै अध्यागमन प्रणालीमा परिवर्तन गर्नुपर्ने विषयमा राष्ट्रपति ट्रम्प सही भएको बताएका छन् । उनले डिभी लोटरी र चेन इमिग्रेशनजस्ता अमेरिकाको असफल अध्यागमन नीतिका कारण दुईमहिनाभन्दा कम अवधिमा न्युयोर्कमा दुईवटा आतंकबादी आक्रमण भोग्नुपरेको बताएका छन् ।

Spread the love