मकवानपुरमा राष्ट्रिय खेलकुद च्याम्पियनसिप २०७४

सन्जु चापागाई, हेटौडा, मकवानपुरमा राष्ट्रिय खेलकुद च्याम्पियनसिप २०७४ अन्तर्गत १३ औं राष्ट्रिय ( सिनियर महिला तथा पुरुष ) कुस्ती प्रतियोगिता हुने भएको sanju chapagai of thepowernewsछ । प्रतियोगिता नेपाल कुस्ती संघको आयोजनामा हुन लागेको हो । खेल यही पुष २७ र २८ गते हेटौंडाको हुप्राचौरमा हुने नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भएको छ । २ विभागीय र २६ गरी जम्मा २८ जिल्लाका खेलाडी सहभागी हुने प्रतियोगितामा २२ जना महिला खेलाडीसहित ५६ जना पुरुष खेलाडीको सहभागिता रहने कुस्ती संघका मुख्य प्रशिक्षक खगेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो । १३ जना निर्णायक रहनु भएको प्रतियोगितामा ३÷३ मिनेट गरी ६ मिनेटको खेल हुने बस्नेतले जानकारी दिनुभयो । खेलमा सहभागी हुनका लागी मंसिर मसान्तसम्म अनिवार्य १८ वर्ष पुगेको हुनुपर्ने बताईएको छ । प्रतियोगितामा विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र पनि वितरण गरिने बताईएको छ । कुस्ती प्रतियोगिता संचालनका लागी कुल १३ लाख खर्च लाग्ने अनुमान गरिएको छ । यसैबिच मकवानपुरमा राष्ट्रिय खेलकुद च्याम्पियनसिप २०७४ अन्तर्गत १७ औं पुरुष तथा दोश्रो महिला राष्ट्रिय हक्कि प्रतियोगिता हुने भएको छ । प्रतियोगिता नेपाल हक्कि संघको आयोजनामा हुन लागेको हो । खेल यही माघ १ देखि ६ गतेसम्म वनविज्ञान अध्ययन संस्थान हेटौंडामा हुने नेपाल हक्कि संघका केन्द्रिय सचिव मनोज शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भएको छ । ५ विकास क्षेत्र र आर्मीसहित ६ टिमको सहभागिता रहने प्रतियोगितामा महिला र पुरुष गरी १२ टिमको सहभागिता रहने छ । लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा पुरुष र महिला गरी जम्मा २१६ जनाको सहभागिता रहने प्रशिक्षका तथा कार्यक्रम संयोजक राजेन्द्र पाठकले जानकारी दिनुभयो । प्रतियोगितामा विजेतालाई शिल्ड, मेडल र प्रमाणपत्र पनि वितरण गरिने बताईएको छ । हक्कि प्रतियोगिता संचालनका लागी कुल १५ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

Spread the love