एक अर्बको कोष योजना आउँदै – नबिल बैंक

Nabil Bank Limited of thepowernews

काठमाडौं: भदौ २४ ।  सात वर्षको अवधि रहेको यो योजनाको १० करोड ईकाई मध्ये १५ प्रतिशत नबिल बैंक (NABIL) तथा नबिल इनभेष्टमेन्टले बीज पूँजीकोHimalayan online services hons रुपमा रकम लगानी गर्ने र बाँकी ८५ प्रतिशतमा सर्वसाधारणले लगानी गर्न पाउने भएका छन् ।  नबिल बैंक (Nabil Bank Limited) को सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले १ अर्बको सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा बिक्री गर्ने भएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम प्रति ईकाई १० रुपैयाँ मूल्यमा १ हजार रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । यो योजना असोज २ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरिने भएको छ । आवेदन फारम नबिल बैंकका शाखाहरु र नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय नारायणचौरबाट लिई बुझाउनसक्ने जनाईएको छ । शेयर बजारको राम्रो अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम व्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु राम्रो विकल्प हुनसक्छ ।

Spread the love