यहुदी, मुसलमान र इसाई धर्मको पवित्र शहर – जेरुशेलमको नदेखिएको वास्तविकता

बीबीसी। म यतिबेला इजराइलमा छु। यहाँ पहिलो पटक आएको हुँ। जतिबेलादेखि मैले थाहा पाएको छु त्यो बेलादेखि जेरुशेलमका विषयमा सुन्दै र पढ्दै आएको छु। तपाइँ  जब कुनै ठाउँका विषयमा धेरै पढ्नु हुन्छ र त्यो ठाउँका विषयमा जानकारी लिनुहुन्छ, तब त्यो ठाउँका आफूले चिनेको जस्तो लाग्छ।

म पनि सोच्थें की जेरुशेलम चिनेको ठाउँ जस्तै होला। तर, यो शहर केही फरक रहेछ। मैले अहिलेसम्म यहाँ जे देखेँ, त्यो मैले सोचेको समेत थिइन्। एउटा ऐतिहासिक सहरका विषयमा तपाइँले जति अध्ययन गरेपनि त्यो प्रयाप्त नहुने रहेछ। रोमको जस्तै यो पुरानो शहरका भित्ता, त्यसका एक एक इँटा र यहाँको गल्ली यो कुराको प्रमाण हो की यो शहर कयौं पटक स्वतन्त्र भयो र कयौं पटक उजाड भयो।

यहाँका मानिसको रगत प्रत्येक शताब्दीमा धेरै बगेको छ। यहाँको सडकमध्ये एक वया डेल्स रोजा हुँदै म निस्किएँ। यो त्यही सडक हो, जँहाबाट इसा मसीहलाई फाँसीमा चढाउनलाई लगिएको थियो।

पुरानो दिल्ली जस्तै प्राचीन जेरुशेलम पनि ठूलो भित्ताभित्र स्वतन्त्र थियो। र, शहरमा प्रवेश गर्नकालागि धेरै ढोकाहरु थिए। यहाँ यस्ता आठ ढोकाहरु थिए, ती सबै आज पनि छन्। अल्गो पर्खाल र बलिया ढोकाका बावजुद १०९९ मा युरोपबाट आएर धर्मयुद्ध गर्ने इसाई क्रुसेडर्ज भित्र पसेका थिए र तीन दिनमा शहरका ४० हजार मुलसमान र यहुदीको हत्या गरी शहरमाथि कब्जा जमाएका थिए।

हामी त्यो ठाउँमा पनि गयौं जहाँ सुल्तान सलाहुद्दीन अय्युबीले शहरका मुसलमानमाथि दोस्रो पटक कब्जा गरेका थिए। हामीले त्यो भवन पनि देख्यौं, जुन १९६७ मा भएको अरब–इजराइल युद्धभन्दा पहिला आधा इजराइलमा थियो भने आधा जोर्डनमा थियो। जेरुशेलम विश्वका तीन धर्मको पवित्र शहर हो। अर्थात यहुदी, मुसलमान र इसाई धर्मको पवित्र शहर हो। यँहा यी तीनवटै धर्मको पवित्र स्थान छ, जसको यात्रा गर्न श्रद्धालु विश्वका विभिन्न मुलुकबाट आउँछन्। हामीले त्यही पढेका थियौं र यहाँ आएर त्यस्तै देख्यौं।

यहुदीहरुकालागि सबैभन्दा पवित्र स्थान वेस्टर्न वालको भित्तालाई चुम्दै केही मानिसहरु जोशमा रुँदै थिए। इसाइहरुको प्राचीन गिरजाधरमा जसरी मानिसहरु श्रद्धापूर्वक प्रार्थना गरिरहेका थिए, त्यस्तो मैले काँही पनि देखेको थिइन्। मस्जिद अक्सामा यात्रीहरु केवल श्रद्धालुमात्रै होइन, बरु विश्वभरबाट आएका पर्यटक पनि थिए। भित्रको गल्लीमा दुवैतर्फ पसल छन्। हतियारधारी सुरक्षाकर्मी ठाउँ ठाउँमा तैनाथ छन्।

ठूलो भित्ताभित्र एक अर्को प्राचीन संसार छ भने बाहिर पूरै जेरुशेलम छ, जो आधुनिक छ  र पूरै यहुदी बस्ती छ। पूर्वी जेरुशेलममा  इजराइली अरबीको धेरै बसोबास छ। यी दुवै समुदाय इजराइली नागरिक हुन्, तर, यिनीहरुबीचको दूरी धेरै छ। आदान–प्रदानको कमी छ,जसका कारण एकअर्काप्रतिको आशंका कायमै छ।

जेरुशेलममा इजराइलीको जनसंख्या करिव ८० लाख छ।  दिल्लीमा त्यो भन्दा झण्डै दुई गुणा भन्दा केही कम जनसंख्या छ। प्यालेस्टाइन वेस्ट बैंक र गाजामा बस्छन्। जो एक अर्कासँग जोडिएका छैनन्। यसको अवस्था १९७१ भन्दा पहिला पूर्वी र पश्चिमी पाकिस्तानको जस्तै छ। एकअर्काभन्दा टाढा यी दुवै इलाकामा बस्ने मानिस कयौं विभाजित परिवार यसको उदाहरण हुन्। वेस्ट बैंक र गाजामा बस्ने परिवार एकअर्कासँग भेट्न सक्दैनन्।

संयुक्त राष्ट्रसंघका अनुसार पूर्वी जेरुशेलममा इजराइलको कब्जा गैरकानुनी हो। जबकि इजराइल सरकारका अनुसार पूर्वी जेरुशेलम इजराइलको आफ्नै भाग हो। इजराइल जेरुशेलमलाई इजराइलको राजधानी मान्दै आएको छ।

केही समय अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजराइलको सो दाबीलाई मान्यता दिएका छन्।  जसकार कारण यहाँका अरब समुदाय निकै रिसाएका छन्। संयुक्त राष्ट्रसंघ यहाँका दुवै पक्ष सम्झौता गरुन् भन्ने चाहन्छ ताकि सो क्षेत्रमा शान्ति काम होस्।
इजराइली अरब र प्यालेस्टाइन अरबकाबीच पुरानो झगडा र विवादलाई  समाप्त गर्न संयुक्त राष्ट्रसंघले दुई राज्य बनाउने प्रस्ताव गरेको छ। तर, अहिलेसम्म त्यसको परिणाम निस्किएको छैन।

Spread the love