दयाहाङको ‘मिस्टर झोले’

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘मिस्टर झोले’  ‘शनिवार विहान फिल्मको अकुपेन्सी ७० प्रतिशत हाउसफूल भएको छ । शुक्रवार बढ्दो चिसोको कारण विहानीको शोमा ६० प्रतिशत अकुपेन्सी रहेपनि दिउँसो र साँझको शोमा फिल्मलाई ८० प्रतिशत अकुपेन्सी मिलेको छ । जताततै हाउसफूल भएको दयाहाङको ‘मिस्टर झोले’ पुषको कठ्यांग्रीदो जाडोमा पनि ‘मिस्टर झोले’ हेर्ने दर्शकको उपस्थिति उत्साहजनक देखिन्छ ।  काठमाण्डौ बाहिर पनि फिल्मको ओपनिङ  आक्रामक छ । नायक दयाहाङ राई र निर्देशक रामबाबु गुरुङको क्रेजका कारण पनि ‘मिस्टर झोले’ हेर्न हलमा दर्शकको भीड लागेको   छ । ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुङगा’ जस्ता सफल फिल्म निर्देशन गरेका रामबाबुले फेरि कस्तो फिल्म बनाएका हुन ।
राजधानीका ठुला मानिने सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट रहेको  छ । निर्देशक गुरुङका अनुसार, फिल्म हेरेका अधिकांश दर्शकहरुले कथावस्तु र कलाकारहरुको अभिनय रुचाएका छन् ।  रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । २०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो ।
Spread the love