मनकामना मन्दिर जीर्णोद्धारपछि छानामा सुनको जलप

मन्दिरको माथिल्लो छानाको काम लगभग सकिएको छ। भूकम्प अगाडि दक्षिण पश्चिममा करिब ६ इन्च ढल्किएको मन्दिर भूकम्पले थप एक फुट ढल्काएपछि जीर्णोद्धार शुरु गरिएको छ।  छानामा तामाको पाता बिछ्याएर त्यसमाथि सुनको जलप लगाइएको छ।  ‘दुई वटा छाना मध्ये माथिल्लो छानामा जलप लगाइसक्यौँ अब तल्लो छानाको काम शुरु गर्छौँ,’  साइत जुराएर मन्दिरमा गजुर राख्ने तयारी मिलाइएको छ।
२०७२ असारबाट मन्दिर जीर्णोद्धार सुरु भएको थियो। ‘२०७५ वैशाखमा सक्ने हाम्रो लक्ष्य थियो, नाकाबन्दी र काठ ल्याउन नसक्दा समयमै काम पुरा गर्न सकेनौँ,  ६ महिनाभित्र मन्दिरको निर्माण कार्य सम्पन्न हुने जीर्णोद्धार समितिको दाबी छ। जीर्णोद्धारका लागि मन्दिरको पुर्ननिर्माण कार्य सम्पन्न गर्न करिब १३ करोड लाग्ने अनुमान गरिएको छ।  भक्तजनबाट करिब ८ करोड संकलन भएको छ। नेपाल सरकारले पुरात्व विभाग मार्फत चार करोड आएको थियो । पैसाको अभावले काम रोकिएको छैन।’ मनाकामनाका मन्दिर पुरातत्व विभागको प्राविधिकको सल्लाह अनुसार नै जीर्णोद्धार भइरहेको छ। मन्दिर जीर्णोद्धार भएपनि दर्शन गर्न आउने भक्तजनका लागि पुजा गर्ने विशेष व्यवस्था मिलाइएको छ।
Spread the love