मलेसियामा नेपाली कामदार निःशुल्क जान पाउने

नेपाल सरकारको प्रस्तावअनुसार कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएसँगै नेपाली कामदारलाई मलेसिया झन् सहज बन्ने भएको छ । । नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएको छ । दुवै पक्षबीच विभिन्न चरणमा आदान — प्रदान तथा संशोधन भएको मस्यौदामा शुक्रबार मलेसियाको पुत्राजयमा सहमति भएको थियो । श्रमिकको छनौट प्रक्रियादेखि मलेसिया पुग्दासम्मको लागत र श्रमिकको सेवा सुविधाको विषयमा छलफल केन्द्रितभएको  जानकारी प्राप्त भएको छ ।

 स्रोत :  नयाँ पत्रिका

Spread the love