वार्षिक अर्बौं रुपैयाँ उठ्ने जग्गा कौडीको भाउमा – पशुपतिको जग्गा कहाँ कति ?

काठमाडौं:वार्षिक अर्बौं रुपैयाँ उठ्ने जग्गा कौडीको भाउमा भाडा लगाएको कोषले पशुपतिको जग्गा बेचेर कर्मचारीलाई उपदान र सुविधा दिएको   छैन।  तिलगंगा आँखा अस्पतालले कोषसँग सम्झौता गरेर लिएको पाँच रोपनी जग्गाको भाडा २२ वर्षसम्म तिरेन ।   पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ ।  बर्सेनि झन्डै पाँच करोड रुपैयाँ उठ्ने उक्त जग्गाको भाडाबापत अस्पतालले दुई लाखका दरले तिर्न थालेको छ । नागरिक उड्डयन प्राधिकरणले एक हजार रोपनीभन्दा बढी जग्गा व्यावसायिक प्रयोजनमा लगाए पनि कोषलाई वार्षिक जम्मा २२ लाख मात्र तिर्दै आएको छ ।  पूर्वसंस्कृतिमन्त्री जीवनबहादुर शाहीले केही महिनाअघि प्राधिकरणले अबदेखि पशुपति क्षेत्र विकास कोषलाई वार्षिक एक करोड रुपैयाँ दिने निर्णय गराएका थिए । कोषले उक्त निर्णयलाई ‘कृपा’ का रूपमा लिएको जानकारी दिँदै सुवेदीले भने, ‘पहल गर्ने हो भने कोषले तिलगंगा अस्पतालबाट बर्सेनि ५ करोड उठाउन सक्छ ।

पशुपतिको जग्गा कहाँ कति ?

तिलगंगा आँखा अस्पताल– पाँच रोपनी (भाडा:  दुई लाख)
नागरिक उड्डयन प्राधिकरण (विमानस्थल, पार्किङ र गल्फकोर्ट)– एक हजार एक सय ६७ रोपनी (भाडा ः २२ लाख)
रौतहट र सर्लाही– १ हजार १ सय बिघा (आम्दानीविहीन)
गोठाटार– ५ सय ३५ रोपनी (आम्दानीविहीन)
भण्डारखाल आसपास र मृगस्थली– १ सय ५१ रोपनी (आम्दानीविहीन)

कामको जिम्मेवारीबाट पन्छिने प्रवृत्ति र कुनै नयाँ काम गर्ने सन्दर्भ आए ‘अख्तियारले यसो गर्छ उसो गर्छ’ भन्दै पन्छिने प्रवृत्ति बढेका कारण आवश्यक कामसमेत हुन नसक्दा अर्बौं रुपैयाँ गुमाउनु परेको तथ्य खुलेको हो ।

 

Spread the love