कोदो बालीमा पुत्ले रोगको महामारी

-भरतसन्तोषी,नुवाकोट : नुवाकोटको प्रमुख बालीको रूपमा लिईने कोदो खेतीमा सेतो पुत्ले रोग लागेर सखाप भएको छ।विशेषगरी नुवाकोटको सुदुरपुर्वी क्षेत्रको मध्य उत्तरी भूभागमा यस प्रकारको रोगको व्यापक सङ्क्रमण भएको पाईएको जिल्ला कृषि बिकासका क्षेत्रीय कृषि सहायक प्राविधिक राजनकुमार डङोलले दि पावर न्युजलाई बताउनुभयो। नुवाकोटको मध्य उत्तरीय क्षेत्रमा यश रोगको सङक्रमण अधिक छ।सुरुमा पात सेतो हुने र क्रमशः डाठ ढल्ने यस रोगको लक्षण देखिन्छ।पन्चकन्या गाउँ पालिका भद्रटारका कृषक कृष्ण सेढाई भन्छन् ´कोदो बालीमा रोग लागेको अहिलेसम्म थाहा थिएन।`उनले भने´बाली थन्काउने बेला भैसक्यो महामारी उस्तै छ।` मध्यपहाडी भुभागको प्रमुख बालीको रुपमा लिईने कोदो बाली नुवाकोटमा मात्रै झन्डै २हजार रोपनी क्षेत्रफलमा कृषकहरुले लगाउदै आएका छन। मुड्के,मुठ्ठी,छाते जातको कोदो बाली सबैमा पुत्ले रोगको सङक्रमण देखिएको छ।नुवाकोटको सुदुरपुर्वी मध्य उत्तरी भुभाग पन्चकया,भद्रुटार,महाकाली,सिक्रे,लिखु लगायतका क्षेत्रमा यसप्रकारको डाठ ढल्दै जाने,पात सेतो हुने पुत्ले रोगको सङक्रमण देखिएको छ।बिगतका वर्षमा कुनै रोग नलाग्ने कोदो बालीमा यस वर्ष अचानक रोग लागेको ले कृषकहरु समेत उपचारमा अलमलिएको भद्रुटारका स्थानीय शिक्षक रामहरि गिरीले बताए।

Spread the love