किशोर पन्थीको बहु प्रतिक्षित ऐतिहासिक पुस्तक “कम्पन” सार्वजनिक

काठमाडौं, १० वैशाख । 

संचारकर्मी किशोर पन्थीले भूकम्पको गतिविधिलाई समेटेर तयार पारिएको पुस्तक “कम्पन” विमोचन भएको छ । नया बानेश्वरमा रहेको इन्द्रेणी फुडल्याण्ड कम्पप्लेक्समा उक्त पुस्तकको आज विमोचन भएको हो । बि.स २०७२ साल वैशाख १२ गतेको भुकम्प गोरखालाइ केन्द्र विन्दु बनाएर महाकम्पन नै ल्याएर गएको थियो । त्यही कम्पन ल्याएको विषयमा लेखिएको पुस्तक हो कम्पन । महाभूकम्पका पिडित, बाँचेका सर्भाईभरहरु र आफू उद्दार कार्य र लाईभ रिपोर्टिङमा होमिए पछिको सग्लो जिउँदोजाग्दो इतिहासको संगालोलाई कोर्दे पन्थीले यो पुस्तक लेखेका हुन् ।

पूर्व प्रधानमन्त्री तथा नया शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले पुननिर्माणको काम स्थानीय तहलाई जिम्मा दिएमा छिट्टै सम्पन्न हुने बताउनुभएको छ ।

पत्रकार किशोर पन्थीले लेखेको कम्पन पुस्तकको आज राजधानीमा विमोचन गर्दै संयोजक भट्टराईले भूकम्पपछिको पुर्ननिर्माणमा स्थानीय तहलाई नै सक्रिय बनाउनुपर्ने बताउनुभयो । उहाले दान भनेको विना शर्त दिइने रकम भएको भन्दै तत्काल एकमुष्ट रुपमा राहात रकम पीडितलाई दिनुपर्ने बताउनुभयो । भूकम्पको तिन वर्षसम्म पनि पुर्ननिर्माणले गति लिन नसक्नुमा सारोकारवालाले गल्ती स्विकार गर्दै काममा लाग्नुपर्ने भट्टराईको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सोचेजस्तो पुर्ननिर्माण नभएको बताउनुभयो । नेता नेपालले मानविय सम्वेदनशिलतामा सुुरुका दिनमा जसरी राष्ट्रिय तथा अन्र्तराष्ट्रिष्य स्तरबाट चासो भएपनि त्यो अनुरुप कामले गति नलिएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री द्धय नेपाल र भट्टराईले पुस्तकले घटनामा देखे भोगेका वास्तविक भोगाईको सचित्र व्याख्या भएको बताउनुभयो । कार्यक्रममा पत्रकार पन्थीको कम्पन पुस्तक माथि समिक्षा गर्दै वास्तविक जीवनको जिवन्त अनुभूति समेटिएको वक्ताले बताएका छन् । पुस्तकको समिक्षा बरिष्ठ पत्रकार किशोर नेपाल र प्राध्यापक डाक्टर खग्रेन्द लुइ“टेलले पुस्तक सरल र सहज भाषामा लेखिएको भन्दै यसले भूकम्पको बारेमा सत्य तथ्य विषय जानकारी गराउन सक्ष्ँम भएको टिप्पणी गर्नुभयो ।

२२० पृष्ठको कम्पन पुस्तकमा महाभूकम्पपछिको आर्तनाद र आशालाई समेटिएको छ । पुस्तकमा भूकम्पपछिको उद्दार, राहात, पुर्नस्थापना तथा घाइतेहरुको वास्तविक भोगाइलाई समेटिएको छ । पुस्तकमा आफ्ना आफन्त, परिवार र आवास गुमाएर पनि बाचेकाहरुको सेवामा सहयोगी भावनाले काम गरिएका कथा व्यथालाई समेटिएको छ । अर्कोतिर राहात वितरणा भएको अनियमितता र आवास पुर्ननिर्माण गर्ने आश्वासन दिएर पनि नगरिएको विषयलाई समेत प्रष्टसग समेटिएको छ । अझै कम्पन पुस्तकमा सुरक्षाकर्मीले प्रकृतिक प्रकोपमा गरेको उद्दारलाई निकै महत्व दिइएको छ ।

Spread the love