कालिकादेवि माबि को ३०औ बार्षिक उत्सब कार्यक्रम सम्पन्न

 भरतसन्तोषी,नुवाकोट : नुवाकोट जिल्ला को शिवपुरी गाउँपालिका वडा न ६ समुन्द्रादेवि को गुर्जे मा अबस्थित कालिकादेवि मा वि ले आज ३० अौ बार्षिक उत्सब तथा अभिभाबक दिवस सम्पन्न गरेको छ।आज एक कार्यक्रमका बिच विद्यालयकै प्राङ्गणमा भब्यताका साथ मनाएको हो। कार्यक्रम शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा को प्रमुख आतिथ्य मा भएको थियो। थापा ले कार्यक्रममा मा मन्तब्य राख्नु हुदै शिक्षा क्षेत्र को बिकासले समाजमा सकारात्मक परिवर्तन हुने र बिकासमा टेवा पुग्ने बताउनु भयो।उहाँ ले बिज्ञान प्रदर्शनी प्रयोगशालाको पनि उदघाटन गर्नु भयो। साथै विद्यार्थीहरु बाट राखिएको बिज्ञान प्रदर्शनी को अबलोकन पनि गर्नु भयो।कार्यक्रममा अतिथिहरु वडा न६ का वडा अध्यक्ष लाल बहादुर तामाङ, वडा सदस्य ज्ञान ब तामाङ,लिखु गाउँ पालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डे, नेकपा एमाले नेता जितेन्द्र बिष्ट, सहकार्य समाज नेपाल नुवाकोटका अध्यक्ष निलकण्ठ आचार्यका साथ विभिन्न बिधालयका प्रध्यानध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुको नृत्य प्रस्तुति तथा कलाकार उदब कार्की , मिलन श्रेष्ठ ,मिना लुङगेलि लगाएतका कलाकार हरुले सागिंतिक मनोरञ्जन समेत दिएका थिए। कार्यक्रम विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दावाङ तामाङ को सभापति मा भएको थियो ।

Spread the love