बैदेशिक रोजगार बचतपत्रप्रति नेपाली आकर्षण

international business about thepowernews

४ साउन, काठमडौं । पछिल्लो समय बैदेशिक रोजगार बचतपत्रप्रति वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको आकर्षण बढेको छ । ‘गत आर्थिक वर्ष बैदेशिक रोजगार बचतपत्र हालसम्मकै सबैभन्दा बढी बिक्री भएको छ,’ भने- ‘हामीले निष्काशन विधिलाई केही सरलीकरण गरेपछि बिक्री बढेको हो ।’ गत आर्थिक वर्ष २०७२/०७३ मा यो बचतपत्र सरकारी लक्ष्यको ५५ प्रतिशत बिक्री भएको छ । गत आवमा सरकारले ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र जारी गर्ने लक्ष्य राखेकोमा २७ करोड ५ लाख १५ हजार रुपैयाँको बचतपत्र बिक्री भएको छ ।  २९ गते २५ करोडको बचतपत्र निष्काशन गर्दा ८ करोड २० लाखको बिक्री भएको र बैश्ााख २९ मा २५ करोडकै निष्काशन गरिएकोमा ८ करोडको मात्रै बिक्री भएको थियो ।

सरकारले २०६७ सालदेखि पहिलोपटक वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्न थालेको हो । ०६७ असार ३२ गते पहिलोपटक ९.९५ प्रतिशत व्याज दिनेगरी १ अर्ब रुपैयाँको बचतपत्र निष्काशन हुँदा जम्मा ४० लाख रुपैयाँको मात्रै बिक्री भएको थियो । जुन कुल निष्काशनमा बिक्रीको हिस्सा ०.४० प्रतिशत मात्रै हुन आउँछ ।

त्यसपछि ०६८ असार १२ गते ५ अर्ब रुपैयाँको बचतपत्र निष्काशन गर्दा ०.०७ प्रतिशत ३३ लाख ८० हजार रुपैयाँको मात्रै बिक्री भयो । जसमा बचतपत्र खरिदकर्ताले १०.५० प्रतिशत व्याज पाउँथे । त्यसैगरी, ०६९ असार २८ गते १ अर्बको बचतपत्र निष्काशन गर्दा ०.८७ प्रतिशत अर्थात् ८६ लाख ६० हजार रुपैयाँको बचतपत्र बिक्री भएको थियो । जसमा १० प्रतिशत व्याजदर थियो । ‘सरकार ग्यारेन्टी भएको बचतपत्र भएकाले यसमा गरिएको लगानी डब्ने संभावना नरहने भएकाले वैदेशिक यसमा गरिएको लगानी सबैभन्दा सुरक्षित छ,’ भने- ‘प्रतिफल पनि उच्च छ ।’

Spread the love