नेपाली भुमिमै आएर किन यसो गर्छन भारतीय सुरक्षाकर्मी ?

मंगलबार सांझ भारतीय एसएसबीले चेकजाचको नाममा नेपालीमाथी दुव्र्यवहार गरेको भन्ने सुनेर सो खबर संकलन गर्न गएका नेपाली पत्रकारहरुलाई पनि नेपाली भुमिमै आई दुव्यवहार गरेको छ । नेपाल भारत सीमा क्षेत्र बेलहियामा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले अन्तराष्ट्रिय कानुनको उल्घंन गर्दै नेपाली भुमिमै आई चेकजांच गर्ने गरेका छन् । बेलहिया नाका नेपालमा पदमार्ग हुदैं सबैभन्दा धेरै पर्यटक भित्रीने नाका हो । सो नाकामा भारतीय एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारत तर्फ जाने यात्रुहरुलाई दुखः दिन थालेपछि पर्यटकहरुलाई समेत सास्ती हुन थालेको छ । अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्घंन गर्दै एसएसबीले बेलहिया सुनौली दसगजा क्षेत्रमै चेकजाच गरिरहेको देखिन्छ । भारतीय एसएसबी हातहतियार सहित दसगजामै बसेर चेकजाच गरिरहेका छन् । तर नजिकै रहेको इलका प्रहरी कार्यलय बेलहिया बेखबर जस्तै भएको छ ।  भारतीय एसएसबीले नेपाली भुमिमै आई चेकजाच गर्ने र प्रतिप्रश्न गर्नेमाथी दुव्र्यवहार समेत गर्ने गरेको छ । एसएसबीले चेकजांचको नाममा नेपालबाट भारततर्फ जाने सवारी साधन, पैदल यात्रुलाई दुखः दिनेगरेको छ ।

 एसएसबीका जवानहरु बेलहिया शान्तिद्वार सम्म आई दसगजा क्षेत्रको तस्वीर किन खिचेको भन्दै धम्काएका थिए । भारतीय सुरक्षाकर्मिहरु ड्रेस र हतियार सहित शान्तिद्वार सम्म आउदा भने त्यहिको इप्रका बेलहियाका ड्युटीमा बसेका प्रहरी भने मौन बसे । सो सम्बन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद सिंहलाई जानकारी गराउदा उनले भारतीय सुरक्षाकर्मिले गलत गरेको प्रतिक्रिया दिए । सिंहले सो सम्बन्धमा आफुले भारतीय समकक्षीसंग कुरा गरिसकेको र गलत काम गर्नेलाई कारबाहि गर्ने आश्वासन पाएको समेत बताए । एसएसबीले रुपन्देहीको भित्री नाकाहरुमा पनि सुरक्षा तैनाथीलाई व्यापकता दिएको छ । भारतीय बजारमा समान खरिद गर्न जाने होऊन वा नेपालबाट भारत तर्फ जाने जो कोही पनि अहिले भारतीय एसएसबीको दुव्र्यबहार खेप्न बाध्य भएका छन् । एक हप्ता यता एसएसबीकै कारण नेपालबाट भारत तर्फ जाने सवारी साधनहरु २ किलोमिटर यता सम्म लाइनमा बस्न बाध्य भएका छन् ।

भारत चीन शित युद्ध चलिरहेको र चिनीया भिजिलान्ते भारत प्रवेश गर्न सक्ने हुदां चेकजाचमा कडाइ गरिएको एसएसबीका एक अधिकृतले बताए । नाम नखुलाउनेगरी उनले भने चिनसंगको लफडा समाप्त नहुदासम्म यो निरन्तर नै हुन्छ । एउटा सवारी साधन चेकजाच गर्न कम्तिमा २० मिनेट लगाउने गरेको एसएसबीले किन चेकजांच गरेको भनी सोध्नेहरुलाई किन चाहियो भन्दै धम्काउने गरेको छ ।

Spread the love