पूर्वाधार विकास बैंक खोल्न भारत र चीनबीच प्रतिस्पर्धा

काठमाडौं : एक्जिमले नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने आफ्नै प्रतिनिधिका रुपमा छुट्टै पूर्वधार बैंक स्थापना गर्ने वा नेपालको कुनै बैंकमा संस्थापक शेयरधनीका रुपमा प्रवेश गर्ने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको  छ। भारतीय निर्यात-आयात बैंक (एक्जिम बैंक-इन्डिया)ले नेपालमा स्थापना हुन लागेको पूर्वाधार विकास बैंकमा इक्विटी (स्वपुँजी) लगानीको प्रस्ताव गरेको छ। मन्त्रिपरिषदको बैठकले चीनको जोङ्झी रिचवे होल्डिङ्स लिमिटेडलाई सरकारले पूर्वाधार विकास बैंक स्थापना गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेसँगै भारतीय एक्जिम बैंकमार्फत नेपालमा पूर्वाधार बैंकको प्रस्ताव आएको थियो।
 एक्जिम बैंकले नेपालमा पूर्वाधार विकास बैंकमा लगानीका लागि प्रस्ताव गरेपछि नेपाल सरकारले निजी क्षेत्रसँग मिलेर स्थापना गर्न लागेको पूर्वाधार विकासमा उसलाई प्रवेश गर्न दिने विषयमा छलफल थालिएको छ।  भारतीय प्रस्ताव प्राप्त भएपछि अर्थ मन्त्रालयले नयाँ बैंक खोल्नुभन्दा स्थापनाको प्रक्रियामा रहेको नेपाल पूर्वाधार बैंकमा नै इक्विटी लगानीको बाटो छ। नेपाल सरकारको १० प्रतिशतसहित निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता भएको पूर्वाधार विकास बैंक स्थापनाको प्रक्रिया अघि बढिसकेको छ। यही बैंकमा भारतीय पक्षलाई लगानीको प्रस्ताव गरिएको हो। यो बैंकलाई नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको चैतमा बसेको बैठकले ४५ प्रतिशत रकम जम्मा गर्न निर्देशन दिइसकेको छ। सरकारले गत वर्षकै बजेटमा उल्लेख गरेको बैंक स्थापनाको प्रक्रियामा कम्पनी अघि बढिसकेको छ।
Spread the love