के याे देश हाम्राे हाेर्इन र ? – सन्तोषी साह

santoshi shaha in thepowernews

सन्तोषी साह, काठमाडौ :हाम्राे देश नेपाल किन सधै राजनितिक अस्थिरतामा अल्झिरहन्छ ? किन हाम्राे देशमा प्रत्येक वर्ष अझ भनाै नाै महिनामा सरकार परिवर्तन भइरहेकाे छ ? के हामीले चुनेर पठाएका प्रतिनिधि गलत हुन वा हामी अाफै गलत हाै ? बिकाशमा हामी भन्दा निकै पछाडी रहेका राष्ट्रहरू हाल बिकशित राष्ट्रकाे पगरी अाेड्दा हामीचाही सधै राजनिती अस्थिरता र महिना महिनामा काे प्रधानमन्त्री हाेला भन्ने अाकलन गरेर वस्ने ?

हामी के मा चुक्याै त हामीले अहिले सम्म अात्म समिक्षा गरेका छाै त ? म एक तरार्इकाे बसिन्दा अझ भनाै मधेशी । जहा सम्म मधेशकाे सवाल छ  अझ भनाै तराईलाई हेर्ने राज्यको आखाको जहाँ सम्म कुरा छ ? के नेपाल सरकारले तरार्इलार्इ न्याय गर्न सकेकाे छ त ? के तमाम ती पछडिएका जातिले सरकार भएकाे प्रत्याभुत गर्न पाएका छन त ? प्रश्न यहि वाट उठ्छ । दाेष कस्काे सरकारकाे हाम्राे वा हामीले चुनेर पठाएका राज्यका प्रतिनिधिहरूकाे ? राज्य भनेको जनप्रतिनिधिहरुको समुह हो भन्ने पनि बुझने की होइन र ? आफ्नो क्षेत्रको समस्या पहिचान गरेर राज्यलाई दबाब दिने काम जनप्रतिनिधिको पनि होइन र ? जनता प्रति सबै दलहरुले आपनो दायित्व के भन्ने बुझ्नु अावस्यक छ । अहिलेसम्म जनप्रतिनिधिहरुले राज्यलाई केवल सताको लागि दबाब दिएका छन् तर बिकासको लागि खोइ ? कर्णालीबाट काठमाडौ ६ घण्टामा आउन सक्ने राजमार्ग वा रेलमार्ग भएको भए नेपालमा राज्य छुट्ट्याउने कुरो नै निस्किदैन थियो वा १० – १५ बर्षमा बनेकाे swizerland  जस्तै नेपाल पनि आजको मितीसम्म बनिसकेको भएपनि त पहाडी र म मधेसी भनेर कसैले बादबिबाद गरेर बस्दैन थियो होला । जबसम्म आफनै देश नेपालमा बिज्ञान र प्रबिधीको बिकासमा जोड दिइदैन यस्को लागि बजेट छुट्टयाउदैन तबसम्म देशमा बिकास हुदैन ।

साझ बिहानको हातमुख जोर्ने समस्या परेका जनतालाई बास्तबमा यस कुरामा त्यति मतलब नै छैन उनीहरू को दोष नै हैन । जनता प्रति उतरदायी जनप्रतिनिधिहरु इमानदारी पुर्ण भुमिका निभाएकाे भए अाज हामी नेपाल पनि एक बिकशित राष्ट्र भनेर शिर उच्च राख्न सक्ने थियाै ।  गरिब  सोझा र निमुखा जनताको सोच आपनो पारिवारीक उत्थान सिमीत रहेको छ जुन सान्दर्भिक नै छ । सोच परिबर्तन गर्न अत्यन्त गाह्रो छ बिस्तारै अती सुस्त गतीमा हुन्छ र हुँदै पनि छ । जे हाेस अव जे हुनु भैसक्याे दाेष अरूलार्इ दिएर हामी चाेखाे हुन सक्दैनाै । अव हामीले अाफ्नाे देशलार्इ हामी के गर्न सक्छाै भन्ने अाफ्नाे क्षेत्रबाट सुरू गराै ।  के याे देश हाम्राे हाेर्इन र ?  स्रोत : hamropati

Spread the love