राष्ट्र बैंकले विदेशी लगानीका फाइल स्वीकृत गर्न हुलाकमार्फत पत्राचार

काठमाडौं : लगानीमा स्थापना हुन लागेको सिबोसियाङ होटलको फाइल राष्ट्र बैंकले दर्तानै नगरेपछि असोज १५ गते हुलाकमार्फत समयमै लगानी ल्याउन स्वीकृती  दिएको छ। ६ महिनाको भिसा पाएका लगानीकर्ताले समयमै उसको भिसा थपिँदैन।   राष्ट्र बैंकले विदेशी लगानीका फाइल दर्तानै गर्दैन। दर्ता गरेपनि बर्षौसम्म स्वीकृती नै दिँदैन। भिसाको म्याद नथपिएपछि लगानीकर्ता नेपालबाट वाहिरिन्छ।  अहिले राष्ट्र बैंकले विदेशी लगानीका फाइल लिनै छोडेपछि हुलाकमार्फत फाइल पठाउन थालिएको छ।   विदेशी लगानीको क्षेत्रमा काम गर्ने कानुन ब्यवसायीहरु भने राष्ट्र बैंकले सबैभन्दा बढी दुख दिने गरेको बताउँछन्। भिसा थप्ने बेलामा राष्ट्र बैंकले फाइलनै दर्ता गर्न छोडेपछि लगानीकर्ता झनै निराश हुने गरेका छन्। उनीहरु हार खाएर नेपालबाट बाहिरिने गरेका छन्।  २०७४ असारभन्दा अघि विदेशी लगानी स्वीकृतीका लागि गएका फाइल दर्ता हुने प्रचलननै थिएन। २०७४ असारमै सेवाग्राहीले प्रधामन्त्री कार्यालय, उद्योग विभाग र राष्ट्र बैंकमा ज्ञापनपत्र दिएपछि फाइल दर्ता हुन थालेका थिए।

Spread the love