हेटौडामा दुई दिने खेलकुद पत्रकारिता तालिम समपन्न

सन्जु चापागाई, हेटौडा :  हिजो र आज दुई दिन सञ्चालन भएको तालिममा मकवानपुर जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको थियो । खेलकुद पत्रकारीता तालिम समपन्न हेटौडामा मंगलबारदेखि संचालन भएको दुई दिने खेलकुद पत्रकारिता तालिम बुधबार समपन्न भएको छ । हेटौँडामा भएका खेल पत्रकारहरुको भेलाले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल पत्रकार महासंघ मकवानपुर र सुमन भोम्जन खेलकुद प्रतिष्ठानको संयुक्त आयोजनामा खेल पत्रकारिता तालिम समपन्न गरिएको हो । सुमन भोम्जन खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको सभाध्यक्षतामा भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाको अध्यक्षमा राजन दाहाल चयन हुनुभएको छ ।   कार्यसमिति उपाध्यक्षमा शुवास विडारी, सचिवमा गणेशदर्पण अधिकारी, कोषाध्यक्षमा पुष्पराज अधिकारी तथा सहसचिवमा सुदिप सिवाकोटीलाई चयन गरिएको हो भने सदस्यहरुमा धर्मेन्द्र दाहाल, विश्वराम अधिकारी (विवश), नविन तिमल्सिना, किरण पौडेल , प्रमोद अर्याल, अमृत चिमोरिया रहनु भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्य, खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिना, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाई लगाएतको उपस्थिती रहेको थियो ।

Spread the love