यमनमा बालबालिका चढेकाे बसमाथि हवाइ आक्रमणमा

यमनमा बालबालिका चढेकाे बसमाथि हवाई आक्रमण गरेको छ । आक्रमणमा परी कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेकाे बसमाथि  हवाई आक्रमण  आक्रमण भएको  छ । यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ ।राष्ट्रसंघको बालबालिकाको अधिकारका लागि काम गर्ने निकाय यूनिसेफले ‘दर्जनौँ बालबालिकाको मृत्युहुनेगरी भएको रिपोर्टले यूनिसेफ चिन्तित बनेको’ बताएको छ ।

Spread the love