श्रीमानलाई भन्नै नहुने कुरा

तपाइँ आफ्नो श्रीमानलाई यौन सन्तुष्टीको विषयमा झुटो कुरा भन्नु हुन्छ ? वा बच्चा बच्ची नहेरेको भनेर रिसाउनु हुन्छ ? नयाँ जागिर खोज्न भनेर दवाव दिनु हुन्छ ? यदि यी गर्नु हुन्छ भने तपाइँ गल्ती गर्दै हुनु हुन्छ । यसले दीर्घकाल सम्मका लागि तपाइँको सम्बन्ध धरापमा पार्छ । ‘Every Day Love’ नामक पुस्तकका लेखक एवं प्रसिद्ध मनोबैज्ञानिक जुडी फोर्डले महिलाले आफ्नो पतिसँग बोल्न नहुने ९ विषयको चर्चा गरेका छन् ।

१ यौन सन्तुष्टी नभएको समयमा पनि सन्तुष्टी भयो वा चरमआनन्द अनुभव भयो नभन्नुस् । २ तिमी तिम्रो बाउ जस्तै छौ भनेर श्रीमानलाई कहिल्यै पनि नभन्नुस् । यसले पुरुषलाई तपाइँप्रति घृणा जगाउँछ । ३ श्रीमानलाई नयाँ जागिर खोज । यसले भएन भन्ने खालका सुझाव कहिल्यै पनि नदिनुस् । ४ श्रीमानले गरेका कुनै काम वा गल्तीलाई मेरी आमाले मलाई पहिल्यै भन्नु भएको थियो तिमीले यसो गर्छौं भनेर कहिल्यै पनि नभन्नुस् । यसो गर्दा पुरुषको इगो हर्ट हुन्छ । तपाइँप्रति घृणा जाग्छ । ५ श्रीमानले कुनै काम गरिरहेको समयमा छोड म आफै गर्छु भन्ने जस्ता अभिब्यक्ति कहिल्यै नदिनुस् । तपाइँले जस्तै गरी काम भएन भन्दैमा यसो नभन्नुस् । यसले असमझदारी बढाउँछ । ६ तिमी सँधै यस्तै गर्छौ । तिमीले कहिल्यै गर्दैनौं । भन्ने जस्ता दुर्बाच्य श्रीमानलाई नबोल्नुस् यसले घृणा बढाउँछ । ७ तपाइँले श्रीमानका कपडाको विषयमा कडा पनि टिप्पणी नगर्नुस् । खासगरी उसका पुराना कपडा नलगाएको विषयमा बोल्दै नबोल्नुस् । यसले आफ्नो पहिरनलाई नभएर ब्यक्तित्वलाई अपमानित गरेको ठान्छन् पुरुष । ८ कुनै ब्यक्तिसँग श्रीमानको संगत छ तर तपाइँलाई मन पर्दैन भने धेरै टिप्पणी नगर्नुस् । तिमी फेरि उसँग बोलेको । फेरि उसैसँग कुरा गरेको । जस्ता छुद्र टिप्पणी पुरुषलाई मन पर्दैन । ९ बच्चा हेर्नका लागि श्रीमानलाई जतिबेला दवाव नदिनुस् । उनलाई पिता नै बन्न दिनुस् । बारम्बार बच्चा नहेरेको विषयमा गुनासो गरेको पनि पुरुषलाई मन पर्दैन ।

Spread the love