अमेरिकाको प्रतिनिधिसभा चुनावमा ह्यारी भण्डारी निर्वाचित

अमेरिका – मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट सदश्यका लागि मगंलवार भएको निर्वाचनमा नेपाली मुलका अमेरिकी ह्यारी विजयी भएका छन् । अमेरिकी राजनीतिमा सवैभन्दा माथिल्लो पदमा निर्वाचित हुने ह्यारी भण्डारी पहिलो नेपाली अमेरिकी भएका छन् ।  मेरिल्याण्डमा ह्यारीको चुनावी अभियानलाई सघाईरहेका पत्रकार गौतम दाहालले उक्त जानकारी दिएका हुन् ।तीन जना निर्वाचन हुने उक्त स्थानमा ह्यारी दास्रो स्थानमा आई जित हासिल गरेका हुन् । प्रारम्भिक मतगणनामा उनी दोस्रो स्थानमा परेका थिए ।  ह्यारी सजिलै विजयी भएका थिए । ह्यारीको पक्षमा २०  हजार ९  सय ७७  मत पाएका थिए । ह्यारी हाउस अफ डेलिगेट क्षेत्र ८ मा डेमोक्र्याट पार्टीवाट उम्मेदवार थिए् ।
Spread the love