हजरत मोहम्मद जयन्ती आज मनाइँदै

२०७४ मंसिर १५ : इस्लाम धर्मका अन्तिम सन्दशेकर्ता समेत मानिने मोहम्मद जयन्तीका प्रवद्र्धक हजरत मोहम्मद मुस्तफा सल्लल्लाह अहैहिव सल्लमको जन्मजयन्ती आज मनाइँदैछ ।  आज मुश्लिम धर्मावलम्बीले बिशेष रुपमा मनाउने गर्छन् । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले मोहम्मदको १ हजार ४ सय ३२ औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै यसले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ । सरकारले आज मोहम्मद जयन्तिका अवसरमा सार्वजनिक बिदा  दिएको छ । मुश्लिम धर्मावलम्बीको लामो समयदेखिको माग सम्बोधन गर्दै सरकारले  पहिलो पटक सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Spread the love