नेपाल र चीनबीचको संयुक्त सैन्य अभ्यास सुरु

नेपाली–चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्त छेन्दूमा सुरु भएको छ । सैन्य अभ्यासमा सहभागी हुन महासेनानीको नेतृत्वमा १६ सदस्यीय विशेष फौजको टोली छेन्दू पुगेको छ । ओलीको चीन भ्रमणले केही समय पछि धकेलिएको  छ ।  नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ । सैन्या अभ्यास १२ गतेसम्म चल्नेछ ।  जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली देशले असहजता प्रकट गरे पनि अघिल्लो वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण छेन्दूमा हुन लागेको हो ।

Spread the love