एनएमबि बैंकको ‘एक घर एक खाता’ बिषेश योजना

nmbbanknepal

दिपक न्यौपाने, काठमाडौ, ३० भदौ, काठमाडौं – एनएमबि बैंकको ‘एक घर एक खाता’ बिषेश योजना नामक बचत योजना सञ्चालनमा ल्याएको छ । सरकारको वित्तीय पहुँच विस्तार गर्ने कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले थुप्रै शाखाहरु बिस्तार गरेको बैकले हाल नया योजना अनुसार अधिबड्ने जनाएको  छ । बैंकले पहिलो चरणमा गत साउनमै यो योजनाको सुरुवात गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल – सीइओले  ‘यो खाता सञ्चालन गर्नुको मुख्य उद्देश्य सरकारले लिएको वित्तीय साक्षरता बढाउने योजनालाई साकार पार्नु हो, भने ‘वित्तीय साक्षरता अभिवृद्धि सरकार र राष्ट्र बैंकको मात्रै दायित्व नभई हाम्रो पनि हो ।’ अब यस्ता योजना अनुसार भन्ने भनाई राख्छन् । बैंकले जनताको घरदैलोमा गएर बैंक खाता मात्रै खोलाउने नभई खाता खोल्न सिकाउने र बैंक खाता खोल्दा हुने फाइदाका बारेमा पनि सूसुचित गराउने छ । हाल ४० प्रतिशत सर्वसाधारहरु मात्रै बैंकिङ पहुँचभित्र छन् ।hons

यस्ता योजना सफल बनाउन साखहरुको बिस्तार गरिने र यी योजनामा पहुच वाला देखि सर्बसाधारणसम्मलाई यो योजनाले आकर्षण गर्ने कुरामा आशावादी रहेको जानकारी दिनु भयो । भने अर्का कार्यक्रमका सहभागी नायक राजेश हमाले ‘बैंक भनेको धनीको मात्रै हो भन्ने बुझाइ छ तर बैंक भनेको सबै जनताको हो,’ भन्ने कुरा ‘एक घर एक खाता’ बिषेश योजनाले सबैलाई फाइदाजनक हुने छ भन्दै आफ्ना बिचार राख्नुभयो ।

 

Spread the love