बच्चा नपाएकी महिला बच्चा चोरीमा संलग्न

२०७३. माघ २:, पर्सा बेल्वा-९ बाट प्रहरीले आइतबार दिउँसो करिब पौने २ बजे  नारायणी उपक्षेत्रीय अस्पतालबाट शुक्रबार हराएको नवजात शिशु आइतबार फेला परेको छ ।  प्रहरीका अनुसार बच्चालाई अहिले एनआईसीयूमा राखिएको छ । थप जानकारी आज दिउँसो ४ बजे पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ ।विवाह भएको ५ वर्ष बितिसक्दा पनि बच्चा नभएपछि नवजात शिशु अस्पतालबाट उठाएको लालसाले स्वीकार गरेको प्रहरी उपरीक्षक गोविन्दकुमार साहले बताए ।
शिशुलाई खेलाउने बहानामा अभिभावकलाई झुक्याई नवजात शिशु अस्पतालको शय्याबाटै पर्साको बेल्वा–९ मिलनचोकस्थित माइती घरमा बस्दै आएकी २२ वर्षीय लालसा देवीले नवजात शिशु अस्पतालको शय्याबाटै चोरेकी हुन्  ।

एक दिनअघिसम्म गर्भवती रहेको कुनै संकेत नभएको महिलालाई एक्कासि नवजात शिशुसँग देखेका एक नागरिकले प्रहरीलाई खबर गरेपछि त्यही सूचनाका आधारमा अनुसन्धान गर्दा शिशु फेला परेको एक प्रहरी अधिकृतले बताए । सञ्चारमाध्यममा पनि नवजात शिशु चोरिएको खबर प्राथमिकताका साथ प्रकाशित भएपछि पत्ता लगाउन प्रहरीलाई ठूलो दबाब परेको थियो । वीरगन्ज उपमहानगरपालिका–१ छपकैयाकी आशादेवीले शुक्रबार अस्पतालको प्रसूति वार्डमा जन्माएकी शिशु हराएको थियो । शुक्रबार शिशुलाई खेलाउने बहानामा अभिभावकलाई झुक्याई लिएर गएको प्रहरीकोअनुसन्धानमा खुलेको छ ।

Spread the love