सकियो रूस विश्वकप- फ्रान्सलाई उपाधि

मस्को : फ्रान्सले आइतबार राति खेलिएको रोमाञ्चक फाइनलमा क्रोएसियालाई ४-२ गोलले हराउँदै दोस्रो पटक उपाधि हात पारेको छ ।पूर्वविजेता फ्रान्सलाई नै उपाधि चुमाउँदै विश्वकप फुटबलको २१औं संस्करण सकिएको छ ।  फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा आयोजना भएको विश्वकप जितेको थियो । ५९औं मिनेटमा अनुभवी खेलाडी पल पोग्बाले फ्रान्सलाई ३-१ को अग्रता दिलाए । ६५औं मिनेटमा केलियन एमबाप्पेले फ्रान्सका लागि चौथो गोल गरे । जारी विश्वकपमा गोल गर्ने उनी सबैभन्दा कान्छा खेलाडी हुन् । यसअघि ब्राजिलका मारियो जागाल्लो र जर्मनीका फ्रान्ज बेकनबाउरले आफ्नो देशलाई पहिले खेलाडी र त्यसपछि प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । फ्रान्सले सन् १९९८ को विश्वकप जित्दा डेसच्याम्पस टोलीका कप्तान थिए ।

खेलाडीको भूमिकामा फ्रान्सलाई उपाधि दिलाएको २० वर्षपछि उनले प्रशिक्षकको भूमिकामा अर्को उपाधि चुमाएका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका बेल्जियमका थिबाउट कोर्टोइसले ‘गोल्डेन ग्लोभ्स’ पुरस्कार हात पारे । तेस्रो स्थान हासिल गरेको बेल्जियमले यो विश्वकपमा सर्वाधिक १६ गोल ग¥यो । बेल्जियमका १० जना खेलाडीले यो विश्वकपमा गोल गरेका थिए ।

Spread the love