रसियाले इजिप्टलाई ३–१ गोलअन्तरले पराजित

विश्वकपको उद्घाटन खेलमा साउदी अरबलाई ५–० को फरक अन्तरले हराएको रसियाले  इजिप्टलाई ३–१ गोलअन्तरले पराजित गरेको छ। बलियो मानिएको इजिप्टलाई पनि सेन्ट पिटर्सबर्ग स्टेडियममा सजिलै हराउँदै अन्तिम १६ को स्थान पक्का गरेको छ। पहिलो हाफ गोलरहित बराबरी रहेको अवस्थामा रसियाका लागि दोस्रो हाफको सुरुमै इजिप्टका अहमेद फाथीले आत्मघाती गोल  गरेका थिए । रियल मड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनलका क्रममा घाइते भएर मैदान बाहिर रहेका प्रमुख स्ट्राइकर मोहम्मद सलाले पुनरागमन गरेको खेलमा रसिया नै हाबी भएको हो ।  खेलको ५९ औँ मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै अग्रता २–० मा पुर्याउन सफल भए । दोस्रो गोल गरेको ३ मिनेट भित्रै रसियाका लागि एर्टेम ज्युबाले गोल गरेपछि रसिया ३–० ले अघि बढ्यो ।

Spread the love