विश्वकप फुटबलमा समुह सी र डीको समिकरण

१२ असार – समुह सीबाट फ्रान्स यस अघि नै नकअाउट चरणमा प्रवेश गरिसकेको विश्वकप फुटबल अन्तर्गत अाज समुह सी र डीका ४ खेलहरु हुँदै छन्। राति ७ः४५ बजे हुने खेलमा समुह सी अन्तर्गत पेरू र अस्ट्रेलिया तथा फ्रान्सविरुद्ध डेनमार्क भिड्दै छन्।

समुह सीमा पहिला २ खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ भने, डेनमार्कको एक खेलमा जीत र १ मा बराबरीबाट ४ अंक रहेको छ। त्यस्तै, अस्ट्रेलियाले पनि १ खेलमा जीत हातपार्दै ३ अंक बटुलेको छ।  राति ११ः४५ बजे हुने समुह डी अन्तर्गतका खेलहरुमा अर्जेन्टिना र नाइजेरिया तथा क्रोएसिया र अाइसल्याण्ड भिड्दै छन्। तालिकाको शीर्ष स्थानमा रहेको क्रोएसियाको ६ अंक रहेको छ भने, दोश्रो स्थानमा रहेको नाइजेरियाको ३ अंक रहेको छ।

Spread the love