अर्जेन्टिना क्रोएसियासँग अपत्यारिलो पराजित

एजेन्सी : रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह डी मा रहेको अर्जेन्टिनाले क्रोएसियासँग अपत्यारिलो ढंगले पराजित भएको छ । क्रोएसियाले ऐतिहासिक जित हात पार्दा अर्जेन्टिना भने कठिन मोडमा आइपुगेको छ ।  अब अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्नुपर्ने छ । क्रोएसियासँग ३–० गोलले पराजित हुँदा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कुनै जादु देखाउन सकेनन् ।   एकपछि अर्को खेलमा चुक्दै आएको अर्जेन्टिनाले चमत्कार देखाइहाल्छ भन्ने विश्वास त छैन । तथापि अबको खेलले प्रिक्वाटरफाइनलमा पुग्ने नपुग्ने निकै ठूलो भूमिका खेल्नेछ । मेस्सीलाई विश्वकप फुटबलको उपाधि दिलाउने यो अन्तिम मौका हो । यसअघि सन् २०१४ को विश्वकपमा मेस्सी आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन असफल रहेका थिए । सन् २०१४ को विश्वकपमा अर्जे्न्टिना जर्मनीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बन्न पुगेको थियो ।
पहिलो खेलमा विश्वकपमा डेब्यु टिम आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको अर्जेन्टिना विश्वकपको प्रिक्वाटरफाइनलमा पुग्ने आशाा थोरैमात्र छ । अर्जेन्टिनाले क्रोएसियासँगको खेलमा करोडौँ समर्थकलाई निराश बनाएको छ । समूह डी अन्तर्गत नाइजेरिया र आइसल्याण्डबीचको खेलमा दुवै टिमले बराबरी खेले अर्जेन्टिनालाई फाइदा हुनेछ । अर्जेन्टिनाको अहिले २ खेलबाट एकमा हार र एक खेलमा बराबरी खेल्दै १ अंक छ भने ४ गोल खाएको छ । एक गोलमात्रै फर्काएको छ । यस्तो अवस्थामा अर्जेन्टिना नकआउट चरणमा पुग्न निकै कठिन देखिएको छ ।
Spread the love