भुकम्प पिडिटको पैसाबटा हेलिकक्प्टरमा रजाई

२०७३, मंसिर २२  : कालिका र पलापु गाविसमा भूकम्पपीडितबाट अनुदानमा प्राप्त रकमको एक/एक हजार लिएर  सके भूकम्पपीडितलाई सहयोग र राहत दिनुपर्ने हो । तर यहाँ राजनीतिक दलका नेताहरूले उल्टै भूकम्पपीडितकै अनुदान रकम खर्चेर हेलिकप्टरमा सयर गरिरहेका छन् । अनुदान शिविरका लागि नोट ढुवानी गर्ने निहुँमा पीडितसँग पैसा उठाउँदै सांसदहरू हेलिकप्टरमा गाउँबाट राजधानी आवतजावत गरिरहेका हुन् । शनिबारदेखि कालिका र पलापु गाविसबाट सुरु अनुदान वितरण शिविर मंगलबार फूलबारी गाविसमा सञ्चालन भएको छ । गाउँमै शिविर राखेर अनुदान वितरण गर्ने भन्दै जिल्लाको सात गाविसमा पहिलो किस्ता वितरण गरिएको थिएन ।   हेलिकप्टर चढ्नकै लागि प्रत्येक भूकम्पपीडितबाट अनुदानमा प्राप्त रकमको एक/एक हजार लिएर लाखौं रुपैयाँ उठाइएको छ । ती गाविसमा अनुदान शिविर राख्ने दबाब बढेपछि बैंकका कर्मचारीले सुरक्षाका लागि हेलिकप्टरमा पैसा ढुवानी गरिनुपर्ने सुझाव दिएका थिए ।

शनिबार पलापुमा अनुदान वितरण शिविर उद्घाटन गर्ने भन्दै राजधानीबाट कांग्रेस सांसद रामहरि खतिवडा र एमाले सांसद हर्कबोल राई मनाङ एयरको हेलिकप्टर चढेर गाउँ आइपुगेका थिए । उनीहरूलाई पलापुमा छाडेर सोही हेलिकप्टरले सदरमुकामबाट पैसासहित सीडीओ, डीएसपी, भिबोर बैंकका शाखा प्रबन्धक र गैससकर्मी लिएर फेरि पलापु पुगको थियो । कार्यक्रम सकिएपछि हेलिकप्टरबाटै सांसद खतिवडा, कांग्रेस जिल्ला सभापति प्रदिप सुनुवार, गैससकर्मी ईश्वर चर्मकार र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका प्रमुख हेम गुरुङ काठमाडौं उठेका थिए । मंगलबार फूलबारीमा सुरु अनुदान वितरण शिविरमा पनि नेता र कर्मचारीमा हेलिकप्टर मोह घटेको देखिएन ।

Spread the love