अमेरिकामा मध्यावधि निर्वाचन

अमेरिका  : अमेरिकामा भोली मंगलवार मध्यावधि निर्वाचन हुदैँछ । झण्डै तीन करोड १३ लाखले सोमवार बिहानसम्म भोट हालिसकेका छन् । कांग्रेसमा बहुमत पाउने पार्टीको बहुमतको नेता छानिने छन् । अहिले संसदमा रायन पाउल बहुमत पार्टीका नेता अर्थात सभामुख हुन् । घरमा मेल मार्फत प्राप्त मतपत्र हुलाकमार्फत पठाउने व्यवस्था पनि यहाँ छ । अमेरिकामा करिव २३ करोड ५० लाख मतदाता रहेका छन् । मंगलवार मतदान गर्ने दिन हो । यो मतदानले अमेरिकी संसदमा कसको बहुमत आउँछ यसको फैसला हुने छ । कैयौं स्थानमा पहिल्यै नै मतहाल्ने सुविधा दिईएकाले मतदाताले सुविधा अनुसार मत हालेका हुन् ।
Spread the love