‘एक पल मुटुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

गायक सुवास भुसालको ‘एक पल मुटुमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। बी पाण्डेले रचना गरेको गीतमा संगीत समेत गायक भुसाल आफैंले भरेका छन्। उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ भने प्रकाश केसीले गरेका हुन्। सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। पछिल्ला दिनमा धेरै म्युजिक भिडियो सहरका बार र बगैँचामा सुटिङ गर्ने संस्कारको विकास भइराखेका बेला निर्देशक विकास सुवेदीले भिडियोमा मुस्ताङका दृश्यलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन्। नेपालको प्रकृति सुहाउदा दृश्य समेटिएकाले म्युजिक भिडियो आम नेपालीले मन पराउने विश्वास गायक भुसालको छ । ‘गीतमा भुसालले आफ्नोपन दिने कोशिस  गरेका छन्।

Spread the love