जसले दिन्छ छत, उसैले पाउँछ मत – घर बनाइदिनेलाई भोट

२०७३, चैत्र १७ : भूकम्पबाट अति प्रभावित गुम्दा नवघोषित धार्चे गाउँपालिकाको केन्द्र हो । नेता आएर गाउँका टाठाबाठासँग भेटघाट गर्न थालेका छन् । चलहपहल बढेको छ ।   स्थानीय तह निर्वाचनका लागि भोट माग्न आउने दलका प्रतिनिधिसामु गोरखाका भूकम्पपीडित आवास निर्माणको माग उठाइरहेका छन् ।जसले दिन्छ छत, उसैले पाउँछ मत ।’ घर बनाउन सहयोग गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनीहरूको सर्त छ । पुनर्निर्माणमा महिला पनि निकै सक्रिय छन् । ‘गाउँमा छोरामान्छे धेरै छैनन्,’    टहरामा कष्ट झेलिरहेका पीडितहरू यसपालि बर्खाअगावै घर बनाइसक्ने तयारीमा छन् । घर बनाउन सरकारी अनुदान छिटो दिलाइदिने उम्मेदवारलाई भोट दिने सल्लाह छ,  ‘दोस्रो किस्ताको अनुदान लिन झन्झट रहेछ, घर बनाउन सहयोग गर्नेलाई मात्र भोट दिने सल्लाह गरेका छौं,’ स्थानीय कमानसिंह गुरुङले भने । ‘भूकम्पपीडितले घर बनाउने राहत नपाउँदा चुनावप्रति पनि शंका गरेका छन्’, निर्वाचित व्यक्तिले पुनर्निर्माणको नयाँ खाका ल्याउनुपर्ने पालुङटार–६  ‘भूकम्पपछिको पुनर्निर्माण सुस्त छ, गति दिन जनप्रतिनिधिले खाका ल्याउनुपर्छ,’ Shake_test

स्थानीय राममाया गुरुङले भनिन्, ‘जान्ने र सक्नेजति काम महिलाले गर्न थालेका छौं ।’ उनका अनुसार घर निर्माणसँगै चुनावको पनि चर्चा भइरहेको छ । ‘घर बनाउने काममा गयो, को उठ्ने, कसलाई भोट दिने भनेर छलफल हुन्छ,’ । शान्ति समितिले पालुङटारमा आयोजना गरेको चुनावी छलफलमा पनि पुनर्निर्माणकै चर्चाले बढी समय खायो ।  लालबहादुर विश्वकर्माले भने, ‘अनुदानको पूरै रकम नपाएसम्म भोट हाल्दिनँ भनेर गाउँले सल्लाह गर्दैछन् ।’ अनुदानको आस देखाएका नेताहरूले चुनाव जितेपछि जनतालाई मद्धत गर्नेमा ढुक्क भएको पालुङटारको च्याङ्लीका अर्जुनबहादुर पाण्डेले बताए । ‘चुनाव जित्नेले अनुदान प्रक्रिया सरल पारून्, सजिलै घर बनाउन पाइयोस् भन्ने चाहना छ ।’

Spread the love