सडक सञ्जालमा जोडिँदै डोल्पा

दुनै :  जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने खदाङसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। स्थानीयले आफ्नै आँगनमा ठूला गाडी पुगेको देख्दा खदाङबासीले हर्षका आँसु झारेका थिए। गाउँमा गाडी पुगेपछि खुसियाली मनाउन हजारौं सर्वसाधारण खदाङमा भेला भएका थिए।  हिमाली जिल्ला डोल्पा खण्ड-खण्डमा राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै छ। सडक शुभारम्भ भएसँगै रुकुम-डोल्पा सिमाना त्रिवेणीबजारदेखि खदाङ्सम्म जिप ट्र्याक्टरलगायत यातायात साधन सञ्चालनमा जोड्ने गरी काम गरिरहेको छ । नेपाली सेनाले जिम्मा लिएको जाजरकोट-डोल्पा सडकखण्डअन्तर्गत डोल्पा-रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको ९ किमि सडकखण्ड सुचारु भइसकेको छ। सेनाका अनुसार खदाङ श्रीविण्डे हुँदै चिप्लेभीर राष्ट्रिय सडक सञ्जालमा जोेडिएको जानकारी दिएको हो। यो सडक सञ्चालनमा आएसँगै काठमाडौंदेखि डोल्पाको खदाङ हरियापानीसम्म यात्रुले सीधै यात्रा गर्न सक्नेछन्।

https://www.youtube.com/watch?v=_tXNH2Aoj0g

‘अब बाँकी रहेको तीन किमि सडकखण्ड भीर, पहरा र कडा चट्टानयुक्त छ तर सेनाले आत्मविश्वाससाथ दसैंमा डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी काम गरिरहेको छ’ । कार्यक्रममा पूर्वमन्त्री पहाडीले अकल्पनीय भीर खोपेर मोटर कुदाएकोमा नेपाली सेनाप्रति डोल्पाली जनताको तर्फबाट धन्यवाद दिइन्।

Spread the love