प्रचण्डपुत्र प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल गम्भीर बिरामी परेपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।  प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ ।  पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको छ ।  दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।  चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।Police-at-Norvic-Hospital-1

Spread the love