बेपत्ता युवकको खोल्सामा शव फेला

काठमाडौं :  पाल्पाको तानसेन नगरपालिका १ भुसालडाँडा घर भएका ३६ बर्षीय सुनील क्षेत्री घर नजिकैको खोल्सामा १९ दिनपछि  शव  भेटिएको प्रहरीले जनाएको छ ।   भदौ ११ गते बिहान घरबाट हिंडेका सुनील घर फर्केका थिएनन् ।  सुनील क्षेत्री  युनाइटेड मिसन अस्पतालमा कार्यरत थिए  ।  घरदेखि सय मिटर टाढाको खल्लुकधारा खोल्सामा शव भेटिएको प्रहरीले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

Spread the love