राष्ट्रिय कफी दिवस मनाईदै – कफी आम्दानीको आधार

दि पावर न्युज सम्वाद दाता, काठमाडौ ।- हाल पहाडका ४० जिल्लाका ३० हजार कृषकले करिब एक हजार ९११ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा कफीखेती गर्दै आएका छन् । कफीखेतीको विस्तार, आम्दानीको आधार’ भन्ने मूल नाराका साथ कफी दिवस मनाइँदै छ । नेपालमा पहिलोपटक गुल्मी जिल्लाको आँपचौरबाट कफीखेतीको सुरुवात भएको हो । नेपालमा कफीखेतीको सुरुवात १९९५ सालमा गुल्मीको आँपचौरबाट सुरु भए पनि करिब ३७ वर्षपछि २०३२ सालमा सरकारीस्तरबाट बीउ भारतबाट आयात गरी किसानलाई वितरण गरी व्यावसायिक खेतीका रुपमा विकास भएको हो ।  समुद्री सतहदेखि करिब ८०० मिटरदेखि १६ सय मिटरको उचाइ कफीखेतीलाई उत्तम क्षेत्र मान्न सकिन्छ । यहाँ व्यावसायिक तवरबाट अराविका जातको कफीखेती गरिँदै आएको छ ।

Coffee_berries
Coffee_berries

हाल ललितपुर, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, अर्घाखाँची, बाग्लुङ, पर्वत, गोरखा, लम्जुङ, धादिङ, तनहुँ, मकवानपुर, रसुवा, नुवाकोट, ओखलढुङ्गा, रामेछाप र इलाम जिल्लामा व्यावसायिक रुपमा कफीखेती हुँदै आएको छ भने म्याग्दी, सङ्खुवासभा, पाँचथर, रुकुम, सल्यान र जाजरकोटमा कफीखेती क्रमिक रुपमा विस्तार भइरहेको बोर्डले जनाएको छ ।

Coffee_berries
Coffee_berries
Coffee_berries
Coffee_berries
Spread the love