बन्द हुम्ला विमान सहमतिपछि खुल्यो

सिमकोट : हवाई यातायातमा मात्रै निर्भर रहेको हुम्लाका लागि उडान भर्ने निजी विमान कम्पनीले विदेशी नागरिकलाई मात्रै बोक्न थालेपछि निकै समस्यामा परेका आक्रोसित हुम्लाका स्थानीयले बन्दको आयोजना गरेका थिए । निजी विमान कम्पनीले कैलास मानसरोवर जाने भारतीय मात्रै बोक्न थालेपछि उद्योग वाणिज्य संघ हुम्लाको अगुवाईमा भएको हुम्ला बन्द शनिबार खुलेको हो । सिमकोटमा भएको वार्ताबाट हरेक उडानमा चार जना नेपाली यात्रुलाई टिकट दिने, निजी विमान कम्पनीले प्रति किलो कार्गोको नेपालगञ्जबाट एक सय १५ र सुर्खेतबाट एक सय पाँच नेपाली रुपैयाँ लिने सहमति भएपछि बन्द फिर्ता भएको हो । स्थानीय यात्रु र सामान बोक्न विमान कम्पनी सहमत भएपछि हुम्ला बन्द खुलेको छ ।

 

Spread the love