काठमाडौमा दुई बर्षमै छुक छुके रेल

काठमाडौँ: ‘नयाँ परिस्थिति र सम्भावनामा देखिएका  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्रमा राजधानी काठमाडौँ उपत्यकामा रेल कुदाएर देखाइदिने बताएका छन् । आगामी २ वर्षमा काठमाडौँ उपत्यकामा रेल र समुद्रमा नेपाली झण्डासहितको पानी जहाज चलाउँने प्रतिबद्धता जनाए प्रधानमन्त्री केपी शर्मा ओली चुनौतीलाई सामना गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका हुन् । २९ औँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको शुक्रबार भृकुटी मण्डपमा उद्घाटन उनले यसो भनेका हुन् । सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने उनले बताए ।

Spread the love