चीनले बनायो अग्ला पहाडमा सिसाको पुल

china_glass_walkway_

एजेन्सीः चीनमा अहिले सिसाको पुल बनाउने क्रम जारी छ ।  हम्मर तथा हतौडाले हानेर पनि सिसाको पुलको परीक्षण गरिएकोछ ।   पर्यटकलाई आकर्षित गरी आयआर्जनको क्षेत्र विकास गर्न चीनले हुनान प्रान्तको जाङगजियाजी नेसनल फरेस्ट पार्कमा कइलिङ्ग ड्रेगन पाथको एक भाग सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको छ । जोखिम लाग्ने उक्त पुलमा जाँदा मुटु ढक्क भएर फुल्ने गरेको भएपनि दृश्यावलोकनका लागि आकर्षक गन्तव्य भने अवस्य बन्ने छ ।  विकासका क्षेत्रमा गतिशिल चीनले अग्लाअग्ला पहाडमा सिसाको पुल बनाउन थालेको छ । तियानमन माउन्टेनको अग्गो चट्टानमा जोडेर सिसाको पुल बनाइएको छ । पुलको लम्बाई एक सय मिटर छ । उक्त पुलमा ९९ घुम्ती बनाइएको छ । उचाई तथा गहिराईसँग नडराउनेका लागि यो एक गन्तव्य बन्छ ।  उचाइमा रहेको पुल देख्दा त्यहाँ आउने पर्यटक डराएपछि त्यहाँका अधिकारीहरुले मानिसले भरिएको एउटा गाडी पुलमा गुडाएका थिए।

Spread the love